काठमाडौं । सिबिआईएल क्यापिटलको प्रस्तावित २५ प्रतिशत नगद लाभांश पारित भएको छ । शुक्रबार सम्पन्न संस्थाको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
संस्थाको वार्षिक साधारणसभा कार्त्तिक ५ गते कम्पनीको कार्यालय बाटुलेघर, डिल्लीबजारमा सम्पन्न भएको हो ।