Logo

चेम्बरले भन्यो-ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कदम सकारात्मक, सीडी होईन सीसीडी ८५ प्रतिशत कायम गर्नुपर्छ

चेम्बरले भन्यो-ब्याजदर नियन्त्रणमा राष्ट्र बैंकको कदम सकारात्मक, सीडी होईन सीसीडी ८५ प्रतिशत कायम गर्नुपर्छ



काठमाडौं । नेपाल चेम्बर अफर कमर्सले नेपाल राष्ट्र बैंकले निक्षेपको ब्याजदरमा गरेको नियन्त्रण सकारात्मक भएको बताएको छ । चेम्बरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै निक्षेपको उच्च ब्याजदरमा नियन्त्रणको लागि परिपत्र गरेको बिषय स्वागतयोग्य रहेको बताएको हो ।

वित्तिय प्रणालीमा तरलताको अभावको समस्या चुलिए पछि बैंकहरुमा निक्षेप तान्न अस्वस्थ प्रतिस्पर्धा शुरु भएको थियो ।

यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले गत महिनाहरुमा दिएको ब्याजदरमा बढीमा १० प्रतिशत ब्याजदर निर्धारण गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको थियो । यस्तै सस्थागत मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्धति निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदर भन्दा कम्तिमा १ प्रतिशत विन्दुले कम हुनु पर्ने भनि दिएको निर्देशन पनि स्वागतयोग्य रहेको चेम्बरको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८५ प्रतिशतलाई खारेज गरी सीडी रेसियो ९० प्रतिशत गरिएकोले तरलताको अभाव पर्न गई बैंकहरुको ब्याजदर समेत बढेको चेम्बरको बुझाई छ । तत्कालै पुरानै ब्यवस्था अनुरुप सीसीडी रेसियो न्यूनतम ८५ प्रतिशत कायम हुनु पर्ने चेम्बरले मागसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL