Logo

आइएमई जनरल इन्स्योरेन्स एशिया बेष्ट इम्प्लाेयर ब्रान्ड अवार्डबाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स एशिया बेष्ट इम्प्लाेयर ब्रान्ड अवार्डबाट सम्मानित



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एशिया बेष्ट इम्प्लाेयर ब्रान्ड अवार्डबाट सम्मानित भएकाे छ । ७ अक्टोबर २०२१ मुम्बईमा आयोजित कार्यक्रममा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई World HRD Congress, ले Asia’s Best Employer Brand Awards 2021 बाट सम्मानित गरेको छ ।

उक्त कार्यक्रममा जुमको माध्यमबाट सहभागी भई कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले उक्त सम्मान ग्रहण गरेका थिए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले Employee Branding Institute, World HRD Congress and other Strategic Partners हरुलाई उक्त अवसरमा धन्यवाद दिँदै कम्पनीको उपलब्धिमा आ-आफनो क्षेत्रबाट सहयोग तथा साथ दिई महत्वपूर्ण योगदान पुर्याउने सम्पूर्ण ग्राहकवर्गहरु, शेयरधनीहरु, कर्मचारीहरु, नियामक निकायहरु, सम्पूर्ण सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गरेका छन् ।

उक्त समाहरोहमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले यस सम्मानबाट थप हौसला प्राप्त भएको र आगामी दिनमा आफ्नो सेवालाई अझै परिस्कृत गर्दै डिजिटल माध्यमबाट समेत सहज र सरल रुपमा सेवा प्रदान गर्दै सबै क्षेत्रबाट सदा झैँ सहयोग प्राप्त भई नेपालको निर्जीवन बीमा क्षेत्रमा एक अग्रणी बीमा कम्पनीको रुपमा आइएमई जनरल इन्स्योरेन्स अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL