Logo

निम्बसद्वारा ‘नो–किरा बोरा’ को उत्पादन शुरु, अन्न भण्डारण गर्दा जोखिम नहुने

निम्बसद्वारा ‘नो–किरा बोरा’ को उत्पादन शुरु, अन्न भण्डारण गर्दा जोखिम नहुने



काठमाडौँ । बजार परिक्षणमा रहेको निम्बसले भेस्टगार्डको जीरोफ्लाई प्रविधियुक्त नो–किरा बोराको उत्पादन शुरु गरेको छ । अन्न, बीज र दाललाई सुरक्षित भण्डारण गर्ने जीरोफ्लाई एक उच्च प्रविधि हो । साना तथा मझौला किसान र व्यापारीहरूलाई किरा प्रभावित स्थानमा पनि यस झोलामा भण्डारण गर्दा जोखिम नहुने कम्पनीले दावी गरेको छ ।

नो–किरा बोराले किसान, व्यापारी र मिल सञ्चालकहरुलाई किरारहित भण्डारण गर्ने सुविधा दिन्छ । यस झोलाको हरेक रेसामा रहेको कीटनाशकले किरा लाग्नबाट जोगाउँछ र उत्पादनको प्रभावकारिता वृद्धि गर्छ ।

यस झोला बनाउन प्रयोग गरिएको कच्चा पदार्थ विश्व खाद्य संगठन र विश्व स्वास्थ्य संगठन मान्यता प्राप्त हो । यसलाई कोडेक्स, अमेरिका र युरोपियन युनियनले खाद्य सुरक्षा भित्र वर्गीकृत गरेको कम्पनीले जनाएको छ । यो झोला चाडै नै २५, ३५ र ५० किलोमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL