Logo

जावा बाइकको खरिदमा दसैं तिहार बहार, पाइन्छ यस्तो उपहार

जावा बाइकको खरिदमा दसैं तिहार बहार, पाइन्छ यस्तो उपहार



काठमाडौँ । नजिकिँदै गरेको दसैँ तथा तिहारको उपलक्ष्यमा जावाले हरेक लेजेन्डरी बाइकको खरिदमा जावा ज्याकेट तथा कस्टम हेल्मेट उपहार स्वरुप प्रदान गर्ने भएको छ ।

नेपाली सडकमा आधुनिक एवं आकर्षक मोटरसाइकलका रुपमा परिचित जावा बाइकले आफ्ना खरिदकर्तालाई प्रोफेसनल राइडिङ्ग ज्याकेट (जावा इन्डुरो) तथा कस्टम जावा हेलल्मेट प्रदान गर्ने जनाएको छ ।

जावा प्रोफेसनल राइडिङ्ग ज्याकेट ४ वटै मौसमको लागि उपयुक्त हुनुका साथै सुपर भेन्टिलेटेड आउटर सिल तथा हेभी डुटी कपडाको प्रयोग गरी तयार पारिएको कम्पनीको दावी छ । त्यसैगरी, यसको कस्टम हेल्मेटले चालकलाई स्टाइलको साथ सुरक्षा समेत प्रदान गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL