Logo

डिशहोम फाइबरनेटको सेवा विस्तार जारी, विर्तामोडमा पनि सेवा शुरु

डिशहोम फाइबरनेटको सेवा विस्तार जारी, विर्तामोडमा पनि सेवा शुरु



काठमाडौँ । डिशहोम फाइबरनेट सेवा बिर्तामोडमा विस्तार भएको छ । विर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उद्घाटन क्षेत्र बिक्री प्रबन्धक विपिन्द्र न्यौपानेले गरेका हुन् ।

डिशहोमको फाइबरनेट सन् २०२० मा डिशहोमले सुरु गरेको हो । डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको डिशहोमले जनाएको छ ।

काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौँडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहरलगायत अन्य स्थानमा पनि पुग्दै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL