Logo

मिनिसोको दशैँ तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार

मिनिसोको दशैँ तिहार अफर, भाग्यमानी ग्राहकलाई हिराको हार



काठमाडौँ । मिनिसोले दशैँ तिहार विशेष अफर ल्याएको छ । कम्पनीले ‘मिनिसो दशैँ तिहार, हिराको हार उपहार’ अफर ल्याएको हो । अफरअन्तर्गत १ हजार ५ सय ९९ सय रुपैयाँँ भन्दा माथिको सामान खरीद गर्दा ग्राहकले लक्की कुपन प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

लक्की कुपन प्राप्त ग्राहक मध्येबाट एकजना भाग्यशाली विजेताले हिराको हार प्राप्त गर्नेछन् । ऊर्जा ज्वेलरले पुरस्कार स्पोन्सर गरेको कम्पनीले जनाएको छ ।

यो अफर नेपाल भर रहेका मिनिसोका सोरुममा लागू हुनेछ । नोभेम्बर १० सम्म अफर समय जारी रहनेछ भने नोभेम्बर १७ मा लक्की ड्रमार्फत भाग्यमानी विजेता घोषणा गरिने जनरल म्यानेजर महेश तण्डुकारले जानकारी दिए ।

‘अफरले मिनिसोप्रति ग्राहकको आकर्षण अझै बढ्ने हामीले विश्वास लिएका छौँ,’ उनले भने । लक्की विजेताको घोषणा मिनिसोको फेसबुक पेजमार्फत् सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

‘मिनिसोमा सपिङ गरेका अन्य सयौँ ग्राहकले दैनिक रुपमा आकर्षक उपहार प्राप्त गर्नेछन्,’ तण्डुकारले भने ।

मिनिसोको पार्टनर कम्पनी मिसियो, ब्लेस, सिसी, लिमिटेड इडिसन, कोफी, राइज, अर्वान आउट फिट्र्स, ब्याग्गिट लगायत अन्य ब्राण्डहरू छन् ।

कम्पनीका अनुसार कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान मिनिसो शोरुममा उपलब्ध छन् ।

उच्च स्तरीय जापानिज ब्रान्ड, सुपथ मूल्यलगायतका विशेषताका कारणले नेपाली बजारमा मिनिसोप्रति ग्राहकको आकर्षण दिन प्रतिदिन बढिरहेको तण्डुकारले बताए । मिनिसोको शोरुमहरू काठमाडौँ, चितवन, पोखरा, विराटनगर, बुटवल र मनकामनामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL