Logo

नाडाको ४५ औं वार्षिक साधारणसभा मंसिरमा, नयाँ नेतृत्व छनौट हुने

नाडाको ४५ औं वार्षिक साधारणसभा मंसिरमा, नयाँ नेतृत्व छनौट हुने



नाडा अटोमोबाइल्स एशोसिएशनको ४५औं वार्षिक साधारण सभा मंसिरमा हुने भएको हो । नाडाको साधारण सभा तथा निर्वाचन मंसिर २२ र २३ गते हुने भएको हो ।

नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा असोज ८ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो । नाडाको साधारण सभा तथा निर्वाचन सोल्टी होटलमा हुने छ ।

नाडाको संशोधित विधान २०७८ अनुसार प्रत्येक दुई बर्षमा अध्यक्ष लगायत संस्थागत तथा साधारण गरी २७ जना केन्द्रीय कार्य समितिको निर्वाचन हुनेछ । नाडाले ७ वटै प्रदेशमा संस्थागत प्रदेशस्तरीय एशोसिएशन समेत गठन गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL