काठमाडौं । हवाई जहाजको टिकट खरिदमा भुक्तानी सेवा प्रदाकयक(पीएसपी) कम्पनी सेल पेले सबैभन्दा बढी ‘क्यासब्याक’ (छुट) दिने जनाएको योजना ल्याएको छ ।
आफ्ना सेवाग्राहीलाई बढी सहुलियत दिन कम्पनीले यस्तो योजना ल्याएको जनाएको छ । उक्त योजना अनुसार काठमाडौं–पोखरा रुटका लागि ५ हजार ३५ रुपैयाँ पर्ने बुद्ध एयरको टिकट खरिदको भुक्तानी गर्दा २ सय ७७ रुपैयाँ ६० पैसा क्यासब्याक पाइने छ ।
त्यस्तै, यही रुटका लागि ५ हजार ३५ रुपैयाँ पर्ने यति यएरलाइन्सको टिकट खरिदको भुक्तानी गर्दा ३ सय ३५ रुपैयाँ व्याक पाइने छ । यही रुटका लागि ५ हजार रुपैयाँ पर्ने गुण एयरलाइन्सको टिकट लिँदा ६ सय ५५ रुपैयाँ ८३ पैसा क्यास ब्याक पाउने जनाएको छ ।
काठमाडौं–नेपालगन्ज रुटका लागि १० हजार २ सय ८५ रुपैयाँ पर्ने बुद्ध एयरको टिकट खरिदको भुक्तानी सेल पेबाट गर्दा ५ सय ८२ रुपैयाँ ८ पैसा क्यास ब्याक दिने जनाएको छ । त्यस्तै, यही रुटका लागि १० हजार २ सय ८५ रुपैयाँ पर्ने यती एयरलाइन्सको टिकट खरिदको भुक्तानी गर्दा ७ सय रुपैयाँ र श्री एयरलाइन्सको १० हजार ३ सय पर्ने टिकट दरिदको भुक्तानी गर्ना ९ सय ९ पैसा छुट पाउने जनाएको छ ।
त्यस्तै, काठमाडौँ–सिमरा रुटका लागि ३ हजार पर्ने बुद्ध एयरको टिकट खरिदको भुक्तानी सेल पेबाट गर्दा १ सय ८२ रुपैयाँ ७०पैसा, सोही रुटका लागि सोही दरको यति एयरलाइन्सको टिकट खरिदको भुक्तानीमा १ सय ७६ रुपैयाँ ८० पैसा र श्री एयरलाइन्सको टिकटमा २५० रुपैयाँ १० पैसा ब्यास व्याक पाइने सेल पेले जनाएको छ । यो छुट अन्य भुक्तानी सेवा प्रदायक कम्पनीको तुलनामा धेरै भएको सेल पेको दाबी छ ।