Logo

वृज सिमेन्ट एक्सपर्ट मेशन क्लब योजना, क्लबमा आवद्ध सदस्यको परिवारलाई ५ लाख सहयोग

वृज सिमेन्ट एक्सपर्ट मेशन क्लब योजना, क्लबमा आवद्ध सदस्यको परिवारलाई ५ लाख सहयोग



काठमाडौं । वृज सिमेन्ट इन्डष्ट्रिले वृज एक्सपर्ट मेशन क्लबमा आवद्धलाई थप सुविधा प्रदान गर्ने भएको छ । हालै क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएमा निजको परिवारलाई कम्पनीले ५ लाख आर्थिक सहयोग गरेको छ ।

यही जेठ ८ गते क्लबका सदस्य प्युठान जिल्ला नौं बहिनी गाउँपालिका १ स्याउली वाङका ३९ वर्षिय बोम बहादुर मल्ल, उनकी श्रीमती र छोरा गरी ३ जनाको घटनास्थलमै मुत्यु भएको थियो । सोही परिवारलाई वृज सिमेन्टले ५ लाख रुपैया बीमा बापतको रकम हस्तान्तरण गरेको हो ।

कम्पनीका एरिया सेल्स म्यानेजर नारायण जी.सी.ले मृतककी छोरी कुमारी मल्ललाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् । वृज सिमेन्टले वृज सिमेन्ट एक्सपर्ट मेसन क्लब स्थापना गरी क्लबमा आवद्ध सदस्यहरुको ५ लाख बराबरको बीमा योजना अगाडी बढाएको जनाएको छ ।

वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम गर्दै निर्माणकर्मीहरुलाई एक्सपर्ट मेशन क्लबमा आवद्ध गरेर बीमा सहितका थप सुविधाहरु प्रदान गर्दै आएको वृज सिमेन्ट कम्पनीका सेल्स म्यानेजर नुमेन्द्र पौडेलले जानकारी दिए।

कम्पनीले ‘एक्सपर्ट मेशन क्लब’ मा आवद्ध निर्माणकर्मी साथीहरुलाई उपहार सहित पास बुक बितरण गरेको छ । यस योजना अन्तर्गत वृज सिमेन्टका कुनै पनि उत्पादनहरु खरीद गरी योजनामा सहभागी हुन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL