Logo

१४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट

१४ सयले घट्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि गिरावट



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले ओरालो लागेको हो ।

महासंघका अनुसार बिहीबार प्रतितोला ९० हजार ५ सयमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ८९ हजार १ सयमा झरेको हो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले ओरालो लागेको छ । बिहीबार प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको चाँदी आज घट्दै प्रतितोला १ हजार १ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्