Logo

नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली निर्वाचित, वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ चयन

नेपाल एलपी ग्याँस उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली निर्वाचित, वरिष्ठ उपाध्यक्षमा शंकर श्रेष्ठ चयन



काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघको अध्यक्षमा कुश प्रसाद मल्ली निर्विरोध निर्वाचित भएका छन् । नयाँ नेतृत्वका लागि बिहीबार निर्वाचन हुने भनिए पनि अन्तिम समयमा सहमतिका साथ उनलाई अध्यक्षमा चयन गरिएको हो । पूर्वअध्यक्ष सावरमल अग्रवाल र उद्योगी विजयहरि शर्मा प्रतिस्पर्धामा रहे पनि सहमतिका लागि भएको प्रयासपछि उनीहरु पछि हटे ।

सहमतिका लागि अध्यक्ष गोकुल भण्डारी, निवर्तमान अध्यक्ष शिवप्रसाद घिमिरे तथा राजेन्द्र डल्लाकोटी, जीतबहादुर कार्की र राजेन्द्र काबरा रहेको समिति गठन गरिएको थियो ।

संघको विशिष्ठ सदस्यमा डल्लाकोटी चयन भए भने वरिष्ठ उपाध्यक्षका शंकर श्रेष्ठ निर्विरोध भए ।

उपाध्यक्षमा दिवान चन्द र मनोजकुमार दास तथा महासचिवमा कृष्णभक्त श्रेष्ठ निर्वाचित भए । कोषाध्यक्षमा धर्मराज बर्तौला र सचिवमा आशिष जाजोदिया निर्विरोध भएका हुन् ।

संघको सदस्यमा लोकहर्ष शाक्य, बाबुराम पोख्रेल, सुनिल सिन्हा, मनोज बुढाथोकी, अच्युत नेपाल, युवक राजभण्डारी, सुदीप घिमिरे, राजकुमार सिन्धी लगायत चयन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL