Logo

वर्ल्डलिंक फोटोन स्किम, शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट

वर्ल्डलिंक फोटोन स्किम, शुरू गर्यो ३०० एमबिपिएस क्षमता गतिको इन्टरनेट



काठमाडौँ । वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले अब घरभरि सबै तल्लामा समान गतिको इन्टरनेट उपलब्ध गराउने भएको छ । वर्ल्डलिंक फोटोन स्किम अन्तर्गत यो इन्टरनेट सेवा सुरू गरेको छ । फोटोन उच्च गतिको इन्टरनेट हो । यसले घरभरि समान रूपमा इन्टरनेट उपलब्ध गराउँछ । नेपालमा पहिलो पटक ३०० एमबीपीएस सम्मको गतिमा इन्टरनेट उपलब्ध हुने छ ।

फोटोन स्किममा ग्राहकहरुले मेस वाइफाइ प्रणाली बाट घर भरि नै धेरै उच्च गतिमा इन्टरनेट प्राप्त गर्न सक्ने छन् । यस्तो वाइफाइ प्राप्त गर्न नोकियाको बेकन १.१ राउटरहरु प्रयोग गरिनेछ । यसले हाल घरहरुमा भईरहेको ढिला गतिका इन्टरनेटको सम्स्याको समाधान मेस वाइफाइले गराउने छ ।

इन्टरनेट प्रयोगको एक उत्कृष्ट अनुभव दिन वर्ल्डलिंकले घरभित्र धेरै राउटरहरुलाइ नेटवर्किंग गर्ने छ । मेष वाइफाइ प्रणाली स्मार्ट जडानमा आधारित प्रणाली हो । यस्तो प्रणाली बिस्तारिकरण राउटर भन्दा धेरै राम्रो हुन्छ । मेष वाईफाईमा सबै राउटरहरु एक अर्कासंग जोडिएको हुन्छ । त्यसमा म्यानुअल रूपमा वाईफाई प्रयोगकर्ताको युजरनेम परिवर्तन गर्ने आवश्यकता पर्दैन । ग्राहकहरुले घरभरि इन्टरनेटको गतिमा कुनै परिवर्तन बिना राउटरलाइ सार्न सक्ने छन् ।

वोर्ल्डलिंकका अध्यक्ष दिलिप अग्रवालले कार्येक्रममा,”विश्वव्यापी इन्टरनेट प्रबिधिको उत्कर्ष सिमामा रहको र घरमा इन्टरनेटको गति निरंतर वढाउनु पर्ने आवश्यकताका साथसाथै अत्याधुनिक उपकरण र प्रबिधि संगै एउटा गुणस्तरीय घरेलू नेटवर्किंग गर्नु पर्ने बताएका छन्” । घरमा भएका विभन्न उपकरणहरु इन्टरनेटसँग जोडिएका हुन्छन । त्यसैले नेपालमा पहिलो पटक ३०० एमबिपीएस गितको वर्ल्डलिंक फोटोन सिरिज र यसको साथमा नोकिया बिकन १.१ राउटरको संगै मेष वाई-फाई होम सोलुसन शुरू गरेका वर्ल्डलिंक कम्युनिकेशन्सका अध्यक्ष दिलीप अग्रवालले बताएका छन् । साथै यस्तो गतिको इन्टरनेट उपलब्ध गराउन पाउँदा हामीलाइ गर्व लागेको पनि अग्रवालले बताएका छन् ।

यी उपकरणहरुको नेटवर्किंग गर्दा घरमा अन्य नेटवर्किंग मापदण्डहरुको जाँच उत्कृष्ट जडान प्रक्रियाको माध्यमबाट गरिनेछ । ग्राहकहरुलाई उनीहरुको घर परिसरमा एक अतुलनीय ब्रॉडब्यान्डको अनुभव दिन सक्छौं भन्ने कुरामा विश्वस्त रहेको अग्रवालले बताएका छन् । त्यस्तै नेपालको इन्टरनेट सेवामा एक अपूर्ण अंतर थियो। अब वर्ल्डलिंकले ल्याएको उच्च गतिको इन्टरनेट सुलभ मूल्यमा उपलब्ध हुने छ । यसले सबैको घरलाइ स्मार्ट बनाउने छ । अहिले काठमाण्डौमा फोटोन सेवा प्रदान गर्न यस नेटवर्कलाई अध्यावधिक गरेको र अन्य शहरहरुमा पनि फोटोन सेवा चाँडै नै शुरू गर्ने अध्यक्ष अग्रवालले बताएका छन्।

वर्ल्डलिंक पहिले नै नेपालको ब्रॉडब्याण्ड क्षेत्रमा आईपीटीभी सेवाको एक प्रमुख आविष्कारक हो । यसले नेटटिभी ब्राणडमा आईपीटीभी सेवा उपलब्ध गराइरहेको छ । वर्ल्डलिंकले मुलुकका ११००० भन्दा बढी स्थानमा वाई-फाई हटस्पट बनाएर सर्वसाधारणलाइ निःशुल्क वायरलेस इन्टरनेट उपलब्ध गराइरहेको छ । यस कम्पनीले कर्णालीजस्ता दुर्गम स्थानमा समेत वायरलेस ब्रॉडब्याण्ड टेक्नोलोजी सेवा पुर्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL