Logo

सामसङको फोल्डेबल स्मार्टफोनको प्रि–बुकिङ खुल्यो, यस्ता छन् विशेषताहरु र मूल्य

सामसङको फोल्डेबल स्मार्टफोनको प्रि–बुकिङ खुल्यो, यस्ता छन् विशेषताहरु र मूल्य



काठमाडौं । सामसङले नेपाली बजारमा फोल्डेबल स्मार्टफोन भित्र्याएको छ । सामसङले दुई मोडेलहरु ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजी भित्र्याएको हो ।

ग्यालेक्सी जेड फोल्डथ्री फाइभजी तथा ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीमा विशेष तरिकाबाट कामगर्न, भिडियो हेर्न तथा गेम खेल्न सकिने कम्पनीले जनाएको छ ।

सामसङले आफ्ना यी दुई फोल्डेबल फोनहरुमा उत्कृष्ट आविष्कार तथा आकर्षक डिजाइनलाई विशेष प्राथमिकता दिएको छ । नयाँ ग्यालेक्सी जेड फोल्डथ्री फाइभजीमा प्रोडक्टिभिटी तथा निरन्तर मनोरञ्जन प्रदान गर्न मल्टिटास्किङ्ग पावर हाउसको साथ ७.६ इन्चको इन्फिनिटि फ्लेक्स डिस्प्ले, कार्य क्षमता तथा एस पीन जस्ता सुविधाहरु रहेको कम्पनीले जनाएको छ । यसमा ग्राहकले एस पेनको सहायताले फोल्डेबल स्क्रिनमा अन द गोको अवस्थमा पनि अन्य कार्यहरु गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्यालेक्सी जेड फ्लीपथ्री फाइभजीमा अरु भन्दा फरक देखिन चाहनेहरुका लागि उपयुक्त फोन भएको कम्पनीले जनाएको छ । यसका कलर विकल्पहरु, रिफान्ड फिनिस जस्ता विशेषताहरुले यो फोन वास्तवमै आकर्षक र सवैको रोजाइमा पर्ने कम्पनीले दावी गरेको छ ।

यी फोन लिन चाहने ग्राहकहरुले प्रि बुकिङमा ० प्रतिशत ब्याजदरमा ईएमआई सुविधा पाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL