काठमाडौँ । हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।
यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।
यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि उपलब्ध रहेको कम्पनीले बताएको छ ।