Logo

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु, सेवा शुल्कमा ५० प्रतिशत छुट

प्रभु क्यापिटलको तीज विशेष ‘प्रभु ऐश्वर्य योजना’ शुरु, सेवा शुल्कमा ५० प्रतिशत छुट



काठमाडौं । प्रभु क्यापिटलको तीज विशेष प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको छ । क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याएको हो ।

महिलाहरुको महान चाड तीजको विशेष अवसर पारेर महिलाहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ ।

यो योजनामा सहभागी हुन चाहने महिला ग्राहकहरुले न्यूनतम ३ लाखबाट लगानी व्यवस्थापन सेवा शुरु गर्न सक्नेछन् । यसमा क्यापिटलले वार्षिक रुपमा लिने लगानी व्यवस्थापन सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने व्यवस्था पनि गरेको छ ।

‘महिलाहरुलाई आर्थिक रुपले सबल बनाउनु भनेको समाजलाई नै सशक्त बनाउनु हो’ भन्ने अवधारणाले यो योजना ल्याएका क्यापिटलले जनाएको छ । यस योजनामा संलग्न भएका ग्राहकहरुले यस क्यापिटलका अन्य पीएमएसका योजनामा जस्तै दैनिक रुपमा अनलाइनबाटै आफ्नो पोर्टफोलियो हेर्न सक्ने साथै साप्ताहिक पोर्टफोलियोको विवरण इमेलमार्फत पाउने व्यवस्था गरिएको पनि क्यापिटलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL