Logo

शाओमीले गर्यो नेपालको नम्बर एक स्मार्टफोन बनेको दाबी, यस्ता छन् दाबीका आधार

शाओमीले गर्यो नेपालको नम्बर एक स्मार्टफोन बनेको दाबी, यस्ता छन् दाबीका आधार



काठमाडौं । शाओमीले आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ । शाओमीले बजार अनुसन्धान फर्म आईडीसी मोबाइल फोन ट्र्याकरको २०२१ को दोस्रो त्रैमासिक रिपोर्ट अनुसार आफूलाई नम्बर वान बनेको घोषणा गरेको हो ।

२०२१ को दोस्रो त्रैमासिकमा ३८.९% को बजार सेयरको युनिट सिपमेन्टका साथ शाओमीले २०२० को तेस्रो त्रैमासिक देखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।

शाओमी कम्पनीले विगत एक बर्ष देखि नेपाली बजारमा शीर्ष स्थान कायम राख्दै आइरहेको दावी गरेको छ । नेपालमा बिक्री वितरणमा रहेका शीर्ष सात स्मार्टफोन मध्ये शाओमी कम्पनीको ६ वटा स्मार्टफोन रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले आईडीसी अनुसार लगातार ४ क्वार्टरमा नेपालको नम्बर एक स्मार्टफोन कम्पनी हुन पाउँदा अत्यन्तै हर्षित भएको बताए ।

नेपालमा मी ११, मी ११ एक्स प्रो, रेड मी के २० सिरिज, पोको एफ ३ आदि जस्ता स्मार्टफोन निकै रुचाइएका छन् । यसका साथै शाओमीले मी वाच लाइट, टिभीस्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयर फोन, पावर बैंक​ आदिसहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL