Logo

नर्भिकमा शनिवारदेखि ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने, ओपिडी सेवा निशुल्क

नर्भिकमा शनिवारदेखि ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी हुने, ओपिडी सेवा निशुल्क



काठमाडौं । नर्भिक अस्पतालको निःशुल्क ओपिडी अभियानअन्तर्गत शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन विषेशज्ञ ऋषि विष्ट र कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ ।

नर्भिकमा कार्यरत बिष्ट र जोशीले निशुल्क ओपिडी सेवा दिने भएका हुन् । यही शनिवारदेखि नै सहुलियत दरमा हाडजोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ ।

शनिवारको फ्रि ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।

बजारको भन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिएका छन् ।

हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिनसक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL