Logo

भिभोको वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता

भिभोको वाई ५३ एस स्मार्टफोन नेपाली बजारमा, यस्ता छन् विशेषता



काठमाडौं । भिभोले आफ्नो अत्याधुनिक स्मार्टफोन वाई ५३ एस नेपाली बजारमा ल्याएको छ ।

युथ ओरिएन्टेड वाई सिरिजअन्तर्गत उत्पादनमा ल्याइएको यो स्मार्ट फोनमा ६४ एमपी रियर क्यामेरा रहेको छ । यो स्मार्टफोनमा आई अटोफोकस विशेषता र सफा फोटो खिच्ने क्षमता राख्छ ।

वाई ५३ एस स्मार्टफोनमा ८ जीजी ३ जीबी एक्स्टेन्डेड ¥याम समावेश भएकोले मल्टिपल एप्स प्रयोग गर्दा स्मुथ एक्स्पेरिएन्स पाउन सकिने कम्पनीले जनाएको छ ।

क्यामेरालाई लामो समयसम्म प्रयोग गर्न सहयोग पुग्ने गरी वाई ५३ एस्मा ५ हजार एम्पिएरको ब्याट्री राखिएको छ ।

कम्पनीका मार्सले सामाजिक मनोरञ्जन र फोटोग्राफीमा केन्द्रित रहेर यो स्मार्टफोन ल्याएको बताए ।

वाई ५३ एस स्मार्टफोनमा ६४ एमपी रियरक्यामेरा, २ एमपी वोक्हे क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा समावेश गरिएको छ ।

यो स्मार्टफोन मूल्य ३५ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL