Logo

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा ईसेवाबाट आवेदन दिन सकिने, यस्तो छ प्रक्रिया

बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपीओमा ईसेवाबाट आवेदन दिन सकिने, यस्तो छ प्रक्रिया



काठमाडौँ । बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले साउन ३२ गते सोमबारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरूका लाग साधारण सेयर आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको छ । उक्त आईपीओमा ईसेवाबाट नै आवेदन दिन सकिने भएको छ ।

कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १२ लाख कित्ता साधारण सेयरमध्ये ४ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्र नुवाकोट जिल्लाका बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि छिटोमा भदौ १४ गतेसम्ममा र ढिलोमा भदौ २९ गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । 

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकको काम सिभिल क्यापिटलले गरेको छ । कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी इस्युअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

ईसेवाबाट कसरी दिने आवेदन 

१. ईसेवा खोलेर BBHCL – IPO (Nuwakot Only) मा थिच्नुहोस् ।

२. नुवाकोटबासी भएको क्लिक गरेपछि आफ्नो नाम, ठेगाना, डिम्याट नम्बर, नागरिकता नम्बर, आवेदन दिने कित्ता हाल्नुहोस् ।

३. आईपिओ नपरेको पैसा इसेवा मै आउने कि बैंकमा आउने भन्ने छान्नुपर्छ ।  बैंकमा आउने भए बैंकको विवरण हाल्नुपर्छ । 

४ . प्रोसिड क्लिक गरि आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL