Logo

‘टाटा केयर क्याम्प’: टाटा बीएस ६ कारहरूको सम्पूर्ण चेक जाँच हुने

‘टाटा केयर क्याम्प’: टाटा बीएस ६ कारहरूको सम्पूर्ण चेक जाँच हुने



काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले टाटाको बीएस ६ कारहरु सम्बन्धित सम्पूर्ण चेक जाँच गर्न टाटा केयर क्याम्पको आयोजना गर्ने भएको छ । टाटा केयर क्याम्प सिप्रदीको काठमाडौं स्थित सोल्टी मोड र बागडोल आधिकारिक वर्कशपमा भदौ ७ गते देखि भदौ ११ गते सम्म एकैसाथ सञ्चालन गरिने सिप्रदीले जनाएको छ ।

सिप्रदी ग्राहक सेवाका मुख्य प्रबन्धक कुमार भण्डारीका अनुसार बीएस ६ गाडीहरूमा नयाँ प्रविधिको प्रयोग भएकोले यी गाडीहरुलाई अरु गाडीहरु भन्दा भिन्दै नयाँ टेक्नोलोजी प्रयोग गरी सर्भिसिङ गर्नु पर्ने हुन्छ । सर्भिसिङमा सहजीकरण गर्ने उदेश्यले यो क्याम्पको आयोजना गर्न लागेको हो ।

यस टाटा केयर क्याम्प अन्तर्गत टाटा बीएस ६ कारहरुको सम्पूर्ण स्वास्थ्य जाँचहरु हुने कम्पनीले जनाएको छ । त्यसैगरी, लेवर चार्जमा ५०% छुट, फ्री टप वाशिङ्ग, स्पेयर पार्ट्समा १५% छुट, म्याक लुब्रिकेन्टस्मा १५% छुट र जेनुइन सामानहरूमा १५% छुट यस केयर क्याम्पको प्रमुख विशेषताहरु रहेको पनि कम्पनीले जनाएको छ ।

कम्पनीले निःशुल्क १० पोइन्ट चेकअप, निःशुल्क ब्याट्री र इलेक्ट्रिक चेकअप, निःशुल्क कम्प्युटर डायग्नोसिस, निःशुल्क सस्पेन्सन चेकअप, निःशुल्क ब्रेक चेकअपको साथै यस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL