Logo

इसेवा मनि ट्रान्सफरको सामाजिक उत्तरदायित्व, डिजिटल साक्षरताका लागि विद्यालयलाई सहयोग

इसेवा मनि ट्रान्सफरको सामाजिक उत्तरदायित्व, डिजिटल साक्षरताका लागि विद्यालयलाई सहयोग



काठमाडौँ । इसेवा मनि ट्रान्सफरले भोजपुरको इश्वर मन्दिर विद्यालयलाई डिजिटल साक्षरताका लागि विभिन्न सामाग्री हस्तान्तरण गरेको छ ।

पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तर दायित्व अन्तर्गत विभिन्न सामाग्री हस्तान्तरण गरेको हो ।

डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट ग्रुपका प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड सेक्युरिटीका म्यानेजर प्रमेश केसीलाई दुईवटा एलईडी टेलिभिजन र ३० वटा कम्प्युटरमा लाग्ने हेडफोन हस्तान्तरण गरे । हेल्थ सेफ्टीले विद्यालयहरूलाई ई–लर्निङ सेन्टरका रूपमा स्थापित गर्न विभिन्न सहयोग गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL