काठमाडौं । नेपाल विद्युत प्राधिकरणले गत आवमा विद्युत खरिदबापत ४१ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । नेपाल विद्युत प्राधिकरणले ३६ औं वार्षिकोत्सवका अवसरमा जारी गरेको विवरणमा गत आवमा अघिल्लो आवमा भन्दा १८ दशम०५ प्रतिशतले बढी रकम विद्युत खरीदमा खर्च भएको उल्लेख छ । आर्थिक वर्ष ०७६/७७ मा प्राधिकरणले ३५ अर्ब १२ करोडको विद्युत खरीद गरेको थियो ।
आव २०७७/७८ मा प्राधिकरणको अन्य आम्दानीसहितको खुद आम्दानी ८० अर्ब ३५ करोडमा सञ्चालन खर्च ६८ अर्ब ६४ करोड रहेको छ । यस्तै प्राधिकरणको सञ्चालन मुनाफा ११ अर्ब ७१ करोड रहेको छ । यो सञ्चालन मुनाफा आव २०७६/७७ को २३ अर्ब ७४ करोडको तुलनामा ५० दशमलव ६७ प्रतिशतले घटी हो ।
गत आवमा करअघिको मुनाफा ६ अर्ब रहेको छ जुन आव २०७६/७७ को १३ अर्ब २७ करोडको तुलनामा ५४ दशमलव ७३ प्रतिशतले कमी हो । साथै आव २०७६(७७ को करपछिको खुद मुनाफा ११ अर्ब ६८ करोड रहेकोमा गत आवमा ३ अर्ब ५१ करोड अर्थात ६९ दशमलव ९४ प्रतिशतले कमी रहेको छ । प्रणालीमा उपलब्ध विद्युतमा खरिदको हिस्सा ६८ दशमलव ३४ प्रतिशत रहेको छ ।
विद्युत बिक्रीबापत प्राप्त आम्दानीकोे ५८ दशमलव ८३ प्रतिशत रकम विद्युत खरिदमा खर्च भएको छ । आव २०७६/७७ को तुलनामा विद्युत आयात बढ्न गएकोले आव २०७७/७८ मा विद्युत खरिदबापतको खर्चमा १८ दशमलव ०५ प्रतिशतले वृद्धि भएको छ । आव २०७७/७८ मा दीर्घकालीन ऋणको ब्याज ५ अर्ब पुगेको छ । यस्तै ह्रासकट्टी खर्च अघिल्लो वर्षको तुलनामा ७ दशमलव ५ प्रतिशतले वृद्धि भई ५ अर्ब ३४ करोड पुगेको छ । विदेशी मुद्रा विनिमयतर्फ अघिल्लो वर्ष २२ करोड ८० लाख नोक्सानी व्यहोरेकोमा आ।व।२०७७/७८ १७ करोड ७८ लाख आम्दानी गरेको छ ।
यस्तै प्राधिकरणको पूँजीगत कार्यको लगानीमा २६ अर्ब ६४ करोडले थप भई आव ०७७/७८ सम्मको कुल पुँजीगत लगानी १ खर्ब ४० अर्ब ९४ करोड पुगेको छ । उपदान, निवृत्तिभरण, औषधि उपचार खर्च, सञ्चित बिदा जस्ता कर्मचारीको दीर्घकालीन दायित्वका लागि ४ अर्ब छुट्याइएको छ । प्रशासनिक गतिविधिकर्मचारीको वृत्ति विकास र सेवा सुविधालाई ध्यानमा राखी नेपाल विद्युत प्राधिकरण कर्मचारी सेवा, सर्त विनियमावली–२०७५ मा आवश्यक्तानुसार संशोधन गरिएको छ ।