Logo

ओरियन्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने

ओरियन्टल इन्स्योरेन्स कम्पनीको नविकरण बीमा शुल्क खल्तीबाट भुक्तानी गर्न सकिने



काठमाडौं । अनलाइन भुक्तानी सेवाप्रदायक कम्पनी खल्ती डिजिटल वालेटले ओरियन्टल इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क खल्तीबाट सिधै तिर्न सकिने सुविधा संचालनमा ल्याएको छ ।

डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सेवा ल्याइएको कम्पनीले जनाएको छ ।

सन् १९४७ मा स्थापना भएको ओरियन्टल इन्स्योरेन्स निर्जीवन बीमा कम्पनी हो । यस कम्पनीले नेपालमा सन् १९५६ देखि ग्राहकहरुलाई निरन्तर रुपमा बीमा सम्बन्धि सुविधा प्रदान गर्दै आइरहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL