Logo

कर,राजश्व तथा भन्सार समिति विस्तार, पर्शुराम दाहालको सभापतित्वमा ११ सदस्यीय कमिटि गठन

कर,राजश्व तथा भन्सार समिति विस्तार, पर्शुराम दाहालको सभापतित्वमा ११ सदस्यीय कमिटि गठन



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर, राजस्व तथा भन्सार समिति गठन गरेको छ । मंगलबार चेम्बर अध्यक्ष राजेन्द्र मल्लले कार्य समिती सदस्य पर्शुराम दाहालको सभापतित्वमा उक्त समिति गठन गरेका हुन् ।

यस्तै अध्यक्ष मल्लले चेम्बर अन्र्तगत गठित कर,राजश्व तथा भन्सार समितिकोे सह सभापतिमा मनोनयन भएका क्रमश टिकाराम शर्मा ढुंगेल, मदनलाल मित्तल र सदस्यहरुमा क्रमश नयन पंडित क्षेत्री, पुष्कर भुर्तेल शिशिर गौतम, नरेन्द्र कुमार गुप्ता, राजिब पोखरेल, अरुण राउत, गोपाल अग्रवाल, सिताराम अग्रवाल, प्रभु अधिकारी, लाई मनोनयन पत्रसमेत प्रदान गरेका छन् ।

उतm अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कर,राजश्व तथा भन्सार क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताए । यस्तै यस समितिमा नेपालको कर,राजश्व तथा भन्सार क्षेत्रमा लामो अनुभव हाशिल गरेको व्यवासायिक प्रतिनिधिहरु भएकोले चेम्बरको कर, राजश्व तथा भन्सार क्षेत्रका संभाव्य नीति निर्णय कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अपेक्षा राखे । सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक श्रेष्ठ, उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL