Logo

टर्किस एयरलाइन्सले डल्लासमा उडान शुरु गर्यो, इस्तानबुलबाट सातामा चार उडान

टर्किस एयरलाइन्सले डल्लासमा उडान शुरु गर्यो, इस्तानबुलबाट सातामा चार उडान



काठमाडौं । टर्किस एयरलाइन्सले इस्तानबुलबाट अमेरिकाको डल्लाससम्म उडान शुरु गर्ने भएको छ । टर्किस एयरलाइन्सले आगामी सेप्टेम्बर २४ देखि टर्कीको इस्तानबुलदेखि डल्लाससम्म सातामा चार उडान गर्ने जानकारी दिएको छ । इस्तानबुलबाट आइतबार, सोमबार, बुधबार र शुक्रबार उडान गर्ने बताएको छ ।

टर्किस एयरलाइन्सले अमेरिकाको १० प्रमुख शहरमा आफ्नो उडान गरिरहेको छ । यो सहित टर्किस एयरलाइन्सले विश्वभर ३२६ गन्तव्यमा उडान गर्ने भएको छ ।

सन् १९३३ मा स्थापना भएको टर्किस एयरलाइन्सले काठमाडौँबाट युरोपलाई जोड्ने प्रमुख एयरलाइन्सको रुपमा सेवा दिदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL