काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बिमित सूर्य बहादुर खड्काको मृत्यु बापत १ करोड बीमाङ्क रकम बराबरको रकम भुक्तानी गरेको छ ।
कम्पनीको प्रदेश नं. १ स्थित शाखा कार्यालय गाईघाटबाट जीवन बीमा गरेका बीमितको असार १५ गते उपचारका क्रममा ललितपुर भैंसेपाटी स्थित नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो । बीमितको कोरोनाभाइरसका कारण मृत्यु भएको थियो ।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक बीमितले इच्छाइएको व्यक्ति निजकी श्रीमती सिर्जना खड्कालाई हस्तान्तरण गरे ।