Logo

हुन्डाईको ‘अल न्यू हुन्डाई आई २०’ नेपाली बजारमा, स्पोर्टी डिजाइनमा यस्ता छन् विशेषताहरु

हुन्डाईको ‘अल न्यू हुन्डाई आई २०’ नेपाली बजारमा, स्पोर्टी डिजाइनमा यस्ता छन् विशेषताहरु



काठमाडौं । नेपालको लागि हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पछिल्लो उत्पादन ‘अल न्यू हुन्डाई आई २०’ नेपाली बजारमा भित्र्याएको छ ।

हुन्डाई आई २० आकर्षक र उत्कृष्ट डिजाइनको लागि सुरु देखिनै परिचित मोडल हो । कम्पनीले नयाँ जेनेरेशन मोडल युरोपियन स्पेकबाट प्रेरित रहेर उत्पादन गरेकाले यसले बजारमा अलगै छाप छोड्ने निश्चित रहेको कम्पनीको दावी छ ।

नयाँ जेनेरेसन आई २० मा हुन्डाईको चर्चित र सफल कप्पा इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६००० आरपीएममा ८३ पीएस पावर प्रदान गर्नेछ । उक्त इन्जिनमा म्यानुएल गियर बक्स छ ।

निकै स्पोर्टी डिजाइनमा आएको नयाँ आई २० को बाहिरी आवरण निकै आकर्षक र सुन्दर देखिन्छ । प्रोजेक्टर हेड ल्याम्प, जेड आकारको एलइडी टेल ल्याम्प, फ्लाईव्याक रियर ग्लास सहितको क्रोम बेल्ट लाइन, स्लीक लुकिङ ग्लास, सार्क फिन एन्टेना, १६ इन्चको अलोय ह्वील जस्ता विशेषता यसमा रहेको छ ।

ब्ल्याक कलर इन्टेरियर, उत्कृष्ट सिट, फुल डिजिटल इन्ट्रमेन्ट क्लष्टर, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, आर्म रेष्ट जस्ता फिचरले आई २० लाई प्रिमियम गाडी बनाएको छ ।

विभिन्न ६ कलर भेरियन्टमा उपलब्ध नयाँ जेनेरेशन आई २० टाइफुन सिल्बर, टाइटन ग्रे, मेटालिक ग्रे, स्टार्री नाइट, पोलार ह्वाइट र फायरी रेडमा उपलब्ध रहने छ ।

यात्रु सुरक्षाको लागि ड्यूल एयर व्याग, एबीएस, इबीडी, आपतकालीन स्टप सिग्नल (इएसएस) र स्मार्ट पेडल जस्ता फिचर रहेका छन् ।

ड्राइभिङ एक्स्पेरिएन्स, उत्कृष्ट पावर र पर्फमेन्स, एप्पल कार प्ले र एन्ड्रोइट अटो सपोर्ट गर्ने टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियरआर्मरेस्ट, रियर एसी भेन्ट्सले चालक र यात्रु दुबैलाई मनोरञ्जन सहितको यात्रा प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हुन्डाईको नयाँ जेनेरेशन आई २० लक्ष्मी इन्टरकन्टिनेन्टलको देशभर रहेका १४ वटै शोरुमबाट विक्री सुरु भएको छ । बिक्रीपछिको सेवाको लागि १८ वटा सर्भिस सेन्टरहरु मार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL