Logo

ठिमीमा केटीएम र हस्कभर्ना बाइक एकै स्थानमा, टाइम्स अटो बन्यो हंसराजको नयाँ डिलर

ठिमीमा केटीएम र हस्कभर्ना बाइक एकै स्थानमा, टाइम्स अटो बन्यो हंसराजको नयाँ डिलर



काठमाडौं । नेपालमा केटीएम र हस्कभर्ना बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ठिमीमा आफ्नो १३ औं डिलरशिप शोरूम (टाइम्स अटो इन्टरप्राइजेज) खोलेको छ । यो शोरूममा दुवै ब्राण्डहरु उपलब्ध हुने कम्पनीले जनाएको छ।

हंसराज हुलासचन्द प्रालिले सन् २०१२ मा केटीएम खरिद गरी नेपालमा ल्याएको थियो भने स्वीडिश ब्राण्ड हस्कभर्ना सन् २०२० देखि बजारमा उपलब्ध छ ।

कम्पनीका अनुसार अहिलेको दिनसम्ममा केटीएम बाइकले ३०० वटा भन्दा बढी विश्व च्याम्पियनसिप उपाधिहरु जितिसकेको छ । जसमा सबैभन्दा गाह्रो र सबैभन्दा प्रख्यात डकार र्यालीमा १८ पटक सफलता हासिल गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL