Logo

नेपाली युवा उद्यमी मञ्चले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने, सहभागिताका लागि तोकियो मापदण्ड

नेपाली युवा उद्यमी मञ्चले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने, सहभागिताका लागि तोकियो मापदण्ड



काठमाडौं । नेपाली युवा उद्यमी मञ्चले ‘स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ । मञ्चको काठमाडौं च्याप्टरले नेपाली युवा उद्यमी मञ्च काठमाडौं स्टार्टअप अवार्ड आयोजना गर्ने घोषणा गरेको हो ।

नेपाली उद्यमीलाई अझै प्रोत्साहन र साथ प्रदान गर्ने उद्देश्यले नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरले यस वर्ष युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उद्देश्यले उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्ने भएको छ । संस्थाले यो कार्यक्रममार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्जस्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्ने बताएको छछ ।

यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु नेपाल सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्ने, त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्ने, स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ तथा स्टार्टअपले आफ्नो सबैभन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्ने र
अडिटेड वित्तिय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्ने मञ्चले बताएको छ ।

यी सवै आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुनेछन् । नेपाली युवा उद्यमी मञ्चको सदस्यता लिएको उद्यमीले संचालन गरेको कम्पनी भने अवार्ड कार्यक्रमा सहभागी हुन पाउने छैनन् । यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमसः एक लाख पचास हजार, ७५ हजार तथा ५० हजार नगद उपहार प्राप्त गर्नेछन् । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक लिमिटेड रहेका छन् ।

सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्व रुपैया विनियोजन गरेको छ । जसमा नयाँ स्टार्ट अपहरुले परियोजनाको आधारमा २५ लाख बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ । यस घोषणाले हाम्रा नेपाली उद्यमीहरु पुरा लाभान्भित हुनेछन् र उद्यमी परिदृश्य विकासमा टेवा पुग्ने प्रति मञ्च पूर्ण विश्वस्त रहेको बताइएको छ ।

नेपाल युवा उद्यमी मञ्च नेपालका युवा उद्यमीहरुको मुख्य संस्था हो । नेपाली युवाविच आइडिया एक्सचेन्ज, फेलोसिफ शिक्षा, प्रशिक्षण र एडभोकेसी गर्ने उद्दश्यले स्थापना भएको नेपाली युवा उद्यमी मञ्चलाई नेपाल उद्योग वाणिज्य महासंघले सन २००३ सालमा आधिकारिक मान्यता प्रदान गरेको थियो । योसँगै संस्थाले नेपाली युवाहरुमा उद्यमशीललाई विकास गर्ने सगसगै संस्थालाई विस्तार गर्ने कार्यहरु गर्दै आइरहेको थियो । यसै क्रममा सन् २०१६ सालमा नेपाली युवा उद्यमी मञ्च काठमाण्डौ च्याप्टरको स्थापना भएको हो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्