काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र शिखर इन्स्योरेन्स कम्पनी बीच अटो प्लसमा सम्झौता भएको छ । एक कार्यक्रममा सिप्रदी ट्रेडिङ्गका उप–सभापति सौरव राज थपलिया र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेद्वारा संयुक्त रुपमा सम्झौतामा हस्ताक्षर गरेका छन् ।
यस अटो प्लस सम्झौतामा टाटा मोटर्सद्वारा उत्पादित गाडीहरु जस्तै टाटा योद्धा, टाटा एस र टाटा इन्ट्रामा लागु हुनेछ । यस अटो प्लस स्कीममा सवारी साधन दर्ता भएको मितिबाट ५ वर्ष सम्म लागु हुनेछ । साथै यो स्किम ब्यापक मोटर बीमा पोलिसीमा मात्र लागु हुनेछ ।
जस अन्तर्गत शुन्य ह्रासकट्टी, गाडी मर्मत गर्न लाग्ने १५ दिनसम्म टाटा योद्धाको लागि दैनिक भाडादर ३,००० र टाटा एस÷टाटा इन्ट्राका लागि भाडादर १,५०० परिपूर्ति दिनुका साथै नयाँ गाडी प्रतिस्थापन योजना लगायतका फाइदाहरु रहेको सिप्रदीले जनाएको छ ।
यो योजनामा सहभागी हुनका लागि ग्राहकहरुले दुर्घटना भएको अवस्थामा सिप्रदीको आफुलाई पायक पर्ने नेपालभरिको कुनै पनि आधिकारिक सर्भिस सेन्टरमा गएर गाडी मर्मत तथा बीमा दावी गर्न सक्ने कम्पनीले जनाएको छ।