काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकालको आधिकारीका विक्रेता एमभी दुगड ग्रुप अन्तर्गतको विवेक अटोमोबाइल्सले रोयल इन्फिल्डको क्रुजर सिरिजको नयाँ मोटरसाइकल मिटिवोर ३५० सीसी नेपालमा सार्वजनिक गरेको छ ।
मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बल, स्टेलर र सुपरनोभा गरी तीनवटामिटिवोर ३५० सीसी एउटा क्रुजर सिरिजको मोटरसाइकल हो जसमा जे सिरिजको एउर वइल कुल्ड, एसवोएचची इन्जिन रहेको छ ।
इन्धनको कार्यकुशलताको लागि इलेक्ट्रोनिक फियुल इन्जेक्सन भएको यस मोटरसाइकलमा थप सुरक्षाको लागि डुयल च्यानल एबिएस पनि राखिएको छ ।
यस मोटरसाइकलमा टर्न टु टर्न न्याभिगेसनको लागि गुगलसागको साझेदारीमा बनाइएको ट्रिपल पोड र मोबाइल फोन चार्ज गर्नको लागि बनाइएको युएसबी चार्जिङ पोर्ट पनि समावेश गरिएको छ ।
कम्पनीको अनुसार मिटिवोर ३५० सीसी अन्तर्गत फाइर बलको मूल्य ६ लाख त्यस्तै स्टेलरको मूल्य ६ लाख १७ हजार र सुपरनोभाको मूल्य ६ लाख ४५ हजार तोकिएको छ ।
विवेक अटोमोबाइल्सले आफ्नो १९ वटा शाखा तथा डिलरहरुमा बिक्रि वितरण गर्न सुरु गरिएको जनाएको छ ।