Logo

भोलि र पर्सि महिन्द्रा मनसुन सर्भिस क्याम्प, ग्राहकलाई आकर्षक उपहार

भोलि र पर्सि महिन्द्रा मनसुन सर्भिस क्याम्प, ग्राहकलाई आकर्षक उपहार



काठमाडौं । महिन्द्रा फोरव्हीलरको नेपालका लागि एक मात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्स प्रालिले यही श्रावण १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ ।

महिन्द्राका सम्पूर्ण फोरव्हीलर गाडीहरुको ३०–पोईन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा ग्राहकहरुले आकर्षक उपहारहरु पनि प्राप्त गर्न सक्ने छन्।

ग्राहकहरुको सेवासुविधालाई मध्यनजर गर्दै यस सर्भिस क्याम्पमा गाडीको ३०–पोईन्ट चेकअप मार्फत सवारीको अवस्था सम्पूर्ण रुपमा उत्कृष्ट रहेको जानकारी पाउन सकिनेछ ।

महिन्द्रा मनसुन सर्भिस क्याम्प यही श्रावण १४ र १५ गते नेपाल अधिराज्यभरका सम्पूर्ण आधिकारिक वर्कशपमा एकैसाथ सञ्चालन गरिँदैछ । यस क्याम्प बाट ग्राहकले भरपुर फाईदा लिनका सकिने छ ।  यस लागि ग्राहकहरुले नाजिकै रहेको  महिन्द्राको आधिकारिक सर्भिस सेन्टरमा बुकिङ्ग गर्नु पर्नेछ । 

साथै, ग्राहकहरुले बुकिङ्ग गर्नका लागि दिईएका टोल फ्री नम्बरहरु – १६६००१००२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा पनि सम्पर्क गर्न सक्ने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL