Logo

युवा लक्षित स्प्राइटको नयाँ अभियान ‘क्लियर रहु’ सुरू, मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्ने उद्देश्य

युवा लक्षित स्प्राइटको नयाँ अभियान ‘क्लियर रहु’ सुरू, मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्ने उद्देश्य



काठमाडौं । कोका–कोलाको लोकप्रिय लेमन–लाइम पेय पदार्थ स्प्राइटले ‘क्लियर रहु’ शिर्षकको समर क्याम्पियन सुरू गरेको छ ।

यस अभियानको उद्देश्य युवाहरूलाई स्प्राइटको साथ आफ्नो दिनको मुख्य क्षणहरूमा रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले जनाएको छ ।

कोका–कोलाका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले नेपाली युवाहरुलाई जोड्ने मुख्य विशेषताहरु इन्डिभिजुआलिटी र सेल्फ एक्सप्रेशन रहेको र एक आइकोनिक युवा ब्रान्ड र रिफ्रेसिंग टेस्ट प्रदान गर्ने स्प्राइटमा यी सबै गुणहरू समाहित रहेको दावी गरे ।

यी अभियानको माध्यमबाट युवाहरुलाई रिफ्रेस, रिसेट र फोकस रहन र आफूहरुलाई वास्तवमै महत्वपूर्ण के हो त्यसमा केन्द्रित गर्न प्रोत्साहित गर्ने लक्ष्य लिएको बताए ।

‘क्लियर रहु’ अभियान स्प्राइटको विश्वव्यापी अभियान ‘लेट्स बि क्लियर’को एक हिस्सा भएको र नेपालका युवाहरुमा स्थानियकरण गरिएको कम्पनीले जनाएको छ ।

बोटलर्स नेपालका प्रबन्ध निर्देशक प्रदीप पाण्डेले स्प्राइट व्यस्त दिनहरुको लागि अल्टिमेट रिफ्रेसिङ ड्रिंंक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL