Logo

नाकाबन्दीले सामान रोकिदा ७ अर्व पुग्यो विलम्ब शुल्क, कुहिन थाले कच्चा पदार्थ

नाकाबन्दीले सामान रोकिदा ७ अर्व पुग्यो विलम्ब शुल्क, कुहिन थाले कच्चा पदार्थ


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । भारतीय नाकाबन्दी तथा तराइमा भइरहेको आन्दोलनले विभिन्न भन्सार नाका तथा बन्दरगाहमा सामान रोकिदा त्यसको विलम्ब शुल्क मात्र ७ अर्ब रुपैयाँभन्दा बढी पुगेको व्यवसायीहरुले बताएका छन् । भन्सार बिन्दुमा रोकिएको सामान र बाटामा रहेको ट्रकको डिटेन्सन र डिमरेज शुल्क वापत नेपाली व्यवसायीलाई उक्त भार पर्न गएको हो ।

हाल सीमा नाकामा रोकिएका कतिपय सामान कुहिन थालेका छन भने त्यसको विलम्ब शुल्क दिनहुजसो भयावह तरिकाबाट बढिरहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकारले बताए । ‘लामो समयसम्म सामान रोकिदा विभिन्न खालका विलम्ब शुल्क तिर्नुपरेकाले व्यवसायीहरुको उत्पादन लागत नै बढेको छ,’ उनले भने, ‘कतिपय कच्चा पदार्थ नै काम नलाग्ने भइसकेका छन् भने त्यसको विलम्ब शुल्क मात्र ७ अर्ब रुपैयाँभन्दा बढी पुगिसकेको छ ।’

लामो समय सामान रोकिदा बढ्दो डिमरेज र डिटेन्स चार्जले गर्दा कतिपय व्यवसायीहरु उक्त शुल्क तिरेर सामान ल्याउनै नसक्ने अवस्थामा रहेको नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । ‘यदि अझै नाकाबन्दी लम्बिने हो भने सामानको विलम्ब शुल्क तिरेर सामान ल्याएर व्यवसाय गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘व्यवसायीक वातावरण निर्माण गर्न तत्काल नकाबन्दी खुल्नु जरुरी छ ।’ दिनहुको बढ्को विलम्ब शुल्कले व्यवसायीहरुको उठिवास लाग्ने अवस्था आएको मसेत उनले जानकारी दिए ।

भुकम्प तथा त्यसपछिको नाकाबन्दीले देशको कुल ग्राह्स्थ्य उत्पादनको झण्डै ३ तिहाइ अंश घाटा भइसकेको अर्थविद  विशम्भर प्पाकुरेलले बताए । ‘नाकाबन्दीले एकातर्फ दिनहु ठूलो मात्रामा घाटा व्यवहोर्दै आएका छौं भने कालोबजारी पनि त्यतिकै मौलाएको छ,’ उनले भने, ‘यसले कालोबजारी र खराज आचरण भएका राजनीतिज्ञलाई फाइदा पुगेको छ भने व्यवसायी र जनतालाई ठूलो असर परेको छ ।’

नाकाबन्दी तथा तराइमा भइरहेको आन्दोलनका कारण सीमापारी हजारौं ट्रक रोकिएर वसेका छन् भने कोलकत्तामा अर्बो रुपैयाँका सामान रोकिएका छन् । पछिल्लो समय कलकत्तामा पनि क्लियरिङ एजेन्टले आन्दोलन गरेका कारणले अन्य मुलुकबाट आयात गरिएका सामान समेत ल्याउन नसकिएको व्यवसायीहरुको गुनासो छ । ‘पहिला सीमानाकामा मात्र आन्दोलन थियो तर अहिले भारतीय क्लियरिङ एजेन्टले कलकत्तामै आन्दोलन शुरु गरेका छन्,’ एक व्यवसायीले भने ।

रि रुटले खर्च बढायो

रक्सौल नाकाबाट आन्दोलनकारीले सामान ल्याउन नदिँदा रि रुट गरी सुनौली तथा अन्य नाकाबाट सामान ल्याउन खोज्दा झन बढी भार परेको व्यवसायीहरुको भनाइ छ । आन्दोलनकारीले रक्सौल नाकाबाट समान ल्याउन नदिएपछि व्यवसायीहरुले रि रुट गरेर सामान ढुवानी गरेका थिए । तर, त्यसरी रि रुट गरिएका सामान सुनौली तथा अन्य नाकाबाट पनि ल्याउन नसकिएपछि झन ठूलो समस्या परेको मुरारका बताउँछन् । ‘रि रुटले ढुवानी खर्च बढ्नुका साथै, सामान पनि बाटोमै अलपत्र परे,’ उनले भने, ‘तर, भन्सार नाका खुलाउन सरकार तथा अन्दोलनकारीले कुनै चासो देखाएनन् ।’

प्रतिक्रिया दिनुहोस्
MBL