काठमाडौ । नेपाली बजारमा बहुप्रतिक्षित निसान म्याग्नाइट सार्वजनिक भएको साढे दुई महिनामै अधिकतम ५ सय ७८ युनिट विक्री हुन सफल भएको छ ।
निसान र ड्याटसनका लागि नेपालको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले सार्वजनिक अबधिको अधिकतम ७४ दिनमा उक्त परिणामको म्याग्नाइट कार बेच्न सफल भएको हो ।
हालसम्म ५ सय ७८ युनिट म्याग्नाइट विक्री वितरण गर्न सफल भएकोमा सो भन्दा बढि अधिकतम १ हजार युनिटका लागि थप बूकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । यसले बिग, बोल्ड र ब्यूटिफुल एसयूभी म्याग्नाइट नेपाली बजार अत्यधिक रुचाएको र कम्पनीको उत्साह थप बढेको बताएको छ ।
कम्पनीले गत फेब्रुअरी २२, २०२१ मा पहिलो पटक बजारमा निसान म्याग्नाइट सार्वजनिक गरेको थियो ।