Logo

एनआइसी एसिया क्यापिटल लि सञ्चालक समितिको अध्यक्षमा ढकाल, बैकिङ क्षेत्रमा राष्ट्रिय-अन्तराष्ट्रिय अनुभव

एनआइसी एसिया क्यापिटल लि सञ्चालक समितिको अध्यक्षमा ढकाल, बैकिङ क्षेत्रमा राष्ट्रिय-अन्तराष्ट्रिय अनुभव



काठमाडौं । एनआइसी एसिया क्यापिटल लिमिटेड सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्त भएका छन् । लिमिटेड सञ्चालक समितिको साउन १ गते बसेको ९२ औं बैठकले अध्यक्ष ढकाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । ढकालसँग Deloitte India (Big 4),ICICI Bank, India तथा हाम्रो बिकास बैंक प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेको अनुभव रहेको छ ।

उनी प्रोफेसनल Chartered Accountant पनि हुन् । साथै उनले एनआइसी एसिया बैंकको हालको Transformational Journey को उदमगबिन्दु मानिएको Business Process Reengineering विभागको प्रमुखको भूमिकाबाट उक्त बैंकमा प्रस्थान गरी बैंकको उच्च व्यवस्थापन तहमा रही १२ वर्षभन्दा बढीको बैंकिङ अनुभव सम्हालेका छन् ।

छिटो, छरितो तथा ग्राहकमुखी सेवा दिंदै क्रमिक रुपमा लगानीकर्तामाझ लोकप्रिय बन्दै गइरहेको एनआईसी एसिया क्यापिटल लिमिटेडले हाल म्युचुअल फण्ड, शेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्ध, शेयर प्रत्याभूति, लगानी व्यवस्थापन, निक्षेप सदस्य, संस्थागत परामर्श लगायतका मर्चेन्ट बैंकिङ्ग तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL