Logo

कार्यान्वयनमा नआएका पुराना ट्रेडमार्क खारेजको प्रक्रिया शुरु

कार्यान्वयनमा नआएका पुराना ट्रेडमार्क खारेजको प्रक्रिया शुरु


रक्षा रेग्मी
0
Shares

काठमाडौं । उद्योग विभागले कार्यन्वयनमा नआएका पुराना ट्रेडमार्क खारेजको प्रक्रिया शुरु गरेको छ । विभागले दर्ता गरिएको तर ७ बर्षसम्म कार्यन्वयनमा नआएका ट्रेडमार्क खारेजको प्रक्रिया सुरु गरेको हो । जसअनुसार त्यस्ता ट्रेडमार्क नविकरण गर्न नमिल्ने तथा किन्न चाहने दोश्रो व्यक्तिलाई दिन लागिएको विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए ।
होल्ड गरेर राखिएका ट्रेडकमार्क निवेदन दिएर लिन चाहनेले सजिलै लिन सक्ने उनले बताए । ट्रेडमार्क दर्ता गरेपनि कार्यन्वयनमा नल्याएर होल्ड गरेर राख्ने प्रवृत्ति बढेको भन्दै खारेज गर्न लागिएको बताइएको छ । ‘एक पटक दर्ता भइसकेको ट्रेडमार्क अरु कसैले दर्ता गर्न पाउदैनन्’ उनले भने, यसले नयाँ लगानीकर्ताहरुलाई समेत निरुतसाहित गर्छ ।’ यसले गर्दा प्रयोगमा नआएका ट्रेडमार्क नयाँ लगानीकर्तालाई दिन लागेको हो

नेपाली उत्पादनको व्यवसायीहरुले विदेशी ट्रेडमार्क राख्ने र नयाँ ट्रेडमार्क लिन चाहने विदेशी लगानीकर्तासँग बार्गेनिङ समेत गर्ने गरेको भेटिएको उनले जानकारी दिए ।  ट्रेडमार्क नविकरणका लागि प्रचलनमा आएको प्रमाण, प्रमाणपत्रको सक्कल प्रति, ३ हजार ५ सय बुझाउनुपर्ने नियम छ । ऐनअनुसार ट्रेडमार्क दर्ता भएको १ बर्षभित्र कार्यन्वयन गर्नुपर्ने नियम छ ।

न्यौपानेका अनुसार हालसम्म विभागमा ३९ हजार ८ सय ५० ट्रेडमार्क दर्ता भएका छन् । त्यस्तै दर्ताका लागि निवेदन दिने ६० हजार पुगेको विभागको तथ्यांक छ । त्यसमध्ये हालसम्म ११ हजार ९ सय ९७ विदेशी कम्पनीको ट्रेडमार्क दर्ता भएका छन् ।

दर्ता भएकामध्ये करीव १५ प्रतिशत ट्रेडमार्क जुध्न सक्ने उनको अनुमान छ । कतिपयले थाहा नभएर तथा कतिले नियतवश ट्रेडमार्क प्रयोग गर्ने उनले बताए । ‘कतिपय व्यवसायीहरुमा चलेको कम्पनी तथा उत्पादनको नाम चोर्ने प्रवृत्ति छ ’ उनले भने । नेपालमा ट्रेडमार्कको संरक्षण सम्वन्धि व्यवस्था नभएकोले गर्दा पनि चोरी बढेको उनले जानकारी दिए ।

त्यस्तै उद्योग विभागमा ‘पेपर वेस सिस्टम’ भएकोले दर्ता भएका सवै ट्रेडमार्कको रेकर्ड नहुने भएकोले दोहोरिएका ट्रेडमार्क बारे जानकारी नभएको उनले बताए ।
‘डेटावेस समस्या भएकोले दर्ता भएका ट्रेडमार्कको एकिन डाटा छैन’ उनले भने । ट्रेडमार्क चोर्नेलाई पेटेन्ट डिजाइन तथा ट्रेडमार्क ऐन अनुसार कर्वाहीको व्यवस्था भएको बताइएको छ । ऐन अनुसार उद्योग, वस्तु वा सेवाको क्षती हेरेर उद्योग विभागले ट्रेडमार्क चोर्नेलाई जरिवाना भराउन नियम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL