Logo

किष्ट अस्पतालले शुरु गर्यो निःशुल्क कोभिड ओपीडी सेवा, यस्ता छन् सुविधा

किष्ट अस्पतालले शुरु गर्यो निःशुल्क कोभिड ओपीडी सेवा, यस्ता छन् सुविधा



काठमाडौं । विश्वलाईनै आक्रान्त पारेको यस कोभिड–१९ रोगका लागि यस किष्ट शिक्षण अस्पतालद्वारा निःशुल्क ओपीडी सेवा शुरु गरेको छ ।
यस कोभिड ओपीडीमा विरामीहरुका लागि क्लिनिकल परामर्श, आहार परामर्श र फिजियोथेरापी जस्ता सेवाहरु निःशुल्क उपलब्ध गरेको छ । साथै कोभिड बिरामीहरुका लागि अन्य सेवाको परामर्श चाहिएमा आवश्यकता अनुसार निःशुल्क रुपमा उपलब्ध गराउने जानकारी किष्ट शिक्षण अस्पतालले गराएको छ ।

सामान्य आर्थिक अवस्था तथा होम आइसोलेसनमा बसेका विरामीहरुको लागि सहज रुपमा आएर जचाँउने व्यवस्था गरिरहेको अस्पतालको भनाई छ । विशेषज्ञ चिकिक्त्सकहरुको टोलीले परामर्श रहने यस ओपीडी सेवाले बढीभन्दा बढी सस्सपेक्टेड कोभिड, कोभिड पोजेटिभ र पोष्ट कोभिडको उपचार सहितको परामर्श गर्ने विश्वास दिलाएको छ ।

उच्च मृत्युदर, पोष्ट कोभिड कम्पिलिकेसन जस्ता भयावह स्थिति आउन नदिन बेलैमा उपचारको फाइदा उठाउन यस शिक्षण अस्पतालले सबै जनसमुदायलाई आग्रह गरेको छ ।
लामो समयदेखि कोभिड भई उपचार गराएर ठिक भएका विरामीहरुका लािग पनि कालो ढूसीको सम्भावना रहेकोले ईएनटी र म्यासिलोफेसियल सर्जियनद्वारा निःशुल्क ओपीडी स्क्रिनिङ्ग तथा परामर्श गरिरहेको यस किष्ट शिक्षण अस्पतालद्वारा जानकारी गराएको छ । ओपीडी सेवा शनिबार बाहेक हरेक दिन बिहान १० बजेदेखि १२ बजेसम्म संचालन रहने पनि जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL