Logo

ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षक सुविधा, यसरी गर्नुस उपयोग

ज्योति लाईफको स्मार्ट एप्समा थप आकर्षक सुविधा, यसरी गर्नुस उपयोग



काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले बीमित तथा अभिकर्ताहरु सबैको लागि उपयोगी स्मार्ट एप्समा थप आकर्षण र सुविधा ल्याएको छ । उक्त एपमा बीमितहरुले ज्योति लाईफबाट जारी गरिएका बीमालेखहरुको विवरण तथा नविकरण सम्बन्धि सम्पूर्ण जानकारीहरु लग ईन गरेर प्राप्त गर्नुको साथै कम्पनीद्धारा जारी अन्य आवश्यक सुचनाहरुको नोटिफिकेसन अलर्ट समेत पाउन सकिन्छ ।

यसका साथै अभिकर्ताहरुले पनि आफुले बिक्रि गरेका बीमालेखहरुको विवरण, टिमको विवरण र व्यवसाय, कर्जाको विवरण तथा कार्यतालिकाहरु समेतको जानकारी यसमा समावेश गर्न सक्नेछन् । एन्ड्रोइड तथा आइ.ओ.एस. दुबै मोबाईल प्रविधिमा उपलब्ध रहेको र नेपाली तथा अङ्ग्रेजी भाषामा समेत उपलब्ध भएकोले यो एप्स सबै खाले प्रयोगकर्ताहरुको लागि अत्यन्तै युजर फ्रेन्ड्ली रहेको छ ।

ज्योति लाईफले सबै प्रकारका बीमा योजनाहरुको बारेमा आकर्षक भिडियो सहित आफ्ना सेवा–सुविधाहरु समेतको पर्याप्त जानकारी यसमा उपलब्ध गराएको छ ।
कम्पनीको अनुसार यस एप्स भित्र क्यालेण्डर तथा विश्वसनीय प्रिमियम क्याल्कुलेटरको सुविधा पनि समावेस गरीएको र प्रयोगकर्ताले सम्भावित प्रस्तावकलाई सिधै बीमाशुल्क गणनाको प्रोपोजल पठाउन÷सेयर गर्न सक्नेछन् जस कारण सेवाग्राहिहरुले एक प्रकारले भन्ने हो भने यसलाई ‘मोबाईल इन्स्योरेन्स सेवा’को रुपमा पनि लिन सक्नेछन् । उक्त एप्सबाट ज्योति लाईफले सञ्चालन गर्ने अभिकर्ता तालिम तथा ज्याति केयर्स अभियानबारे जानकारी समेत प्राप्त गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL