Logo

सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान, ‘अनलाइन बीमा दाबी’ सेवा शुरु

सिटिजन लाइफको ‘डिजिटल सिटिजन’ अभियान, ‘अनलाइन बीमा दाबी’ सेवा शुरु



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘डिजिटल सिटिजन’ अभियान अन्तर्गत ‘अनलाइन बीमा दाबी’ सेवाको शुरुवात गरेको छ ।

यस सुविधा मार्फत अबदेखि सेवाग्राहीरबीमितले बीमा दावी गर्नको लागि कम्पनीको कार्यालयमा नै गइराख्नु पर्दैन । इन्टरनेट सेवा उपलब्ध भएको जुनसुकै ठाउँबाट पनि बीमा दावी प्रकृया पुरा गर्न सकिन्छ । कम्पनीको वेबसाइटमा रहेको अभिकर्ताको पोर्टल खोली अनलाइनबाट दावी सम्वन्धि आवश्यक कागजपत्र अपलोड गरी सजिलै दावी प्रकृया अगाडी बढाउन सकिने कम्पनीले जनाएको छ ।

सबै कुरा अटोमेटिक सिस्टममा अद्यावधिक हुने हुनाले यो सेवाले समयको बचत हुनुका साथै दाबीसँग सम्बन्धित विवरण पेश गर्ने प्रकृया चाडो हुने र जसले गर्दा बीमा दाबी भुक्तानी कार्य सहज हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL