Logo

ज्योति ग्रुपको सामाजिक उत्तरदायित्व, कोभिड राहतमा २ करोडको सहयोग

ज्योति ग्रुपको सामाजिक उत्तरदायित्व, कोभिड राहतमा २ करोडको सहयोग



काठमाडौं । ज्योति ग्रुपअन्तर्गत रहेका स्याकार ट्रेडिङ कम्पनी प्रालि र भाजुरत्न ट्रेडिङ कम्पनी प्रालिले कोभिड महामारीको अवस्थालाई मध्यनजर गर्दै विभिन्न क्षेत्रमा करिब २ करोड रकम सहयोग स्वरुप प्रदान गरेको छ ।

सहयोगको क्रममा ज्योति ग्रुपले नेपाल उद्योग वाणिज्य महासंघको राहत कोषमा १० लाख रुपैयाँ राहत रकम प्रदान गरिएको जनाएको छ । सहयोगकै क्रममा क्रेशन नेपाललाई ५ लाख २२ हजार रुपैयाँ बराबरको २५ थान अक्सिजन सिलिण्डर, आछाम अस्पताललाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटरस् र हेल्थी नेशन फाउण्डेशनलाई ७ लाख ७० हजार रुपैयाँ बराबरको ५ थान अक्सिजन कन्सन्ट्रेटर सहयोग उपलब्ध गराइएको जनाएको छ ।

यसका साथै गंगालाल अस्पताललाई ५ लाखको पिएपिआर सुट प्रदान गरेको छ । जर्मन अक्सिजन प्लान्टका लागि नेसनल बिजनेसलाई १५ लाख र त्रिवि शिक्षण अस्पतालमा जडान गरिने फ्रान्सेली अक्सिजन उत्पादन कम्पनी नोभिआरको अक्सिजन प्लान्टलाई फ्रान्सबाट नेपाल ल्याउनको लागि एअर कार्गोसहित कुल १ करोड २१ लाख रकम सहयोग उपलब्ध गराएको जनाएको छ । त्रिवि शिक्षण अस्पतालमा जडान गरिने उक्त अक्सिजन जेनरेटरहरूले ५० बेडलाई पर्याप्त हुनेगरी प्रतिमिनेट २५० लिटर अक्सिजन उत्पादन गर्ने क्षमता राख्दछ ।

प्रतिक्रिया दिनुहोस्
MBL