Logo

डिशहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’ अभियान शुरु, यसरी बन्नुस सहभागी

डिशहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’ अभियान शुरु, यसरी बन्नुस सहभागी



काठमाडौं । डिशहोमले नजिक आइरहेको युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० लाई लक्षित गरि नयाँ अभियानन ‘मेरो मनको दोस्रो देश’को शुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष प्रसारण गर्न डिशहोम सम्पूर्ण रुपमा तयार रहेको जनाएको छ । यो फुटबल प्रतियोगिता डिशहोमको एच.डी. च्यानल एक्सन स्पोर्टस्मा हेर्न सकिने जनाएको छ ।

सामाजिक संजालहरुमा #MeroMankoDosroDesh ट्रेन्ड गराइै यस योजनाले फुटबल प्रतियोगितालाई दर्शकहरु बीच रोमान्चकारी बनाउने कम्पनीको विश्वास छ । यस अन्तर्गत फ्यानहरूले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टीमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे जानकारी प्राप्त गर्नेछन् ।

यो अभियानमा भाग लिन –सहभागिहरुले डिशहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ भने सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आफुले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ । खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन । यस्तै प्रतियोगिताको क्वाटर फाइनल सम्मको ह्यास ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ ।

सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरि #MeroMankoDosroDesh सँगै खेल सम्बन्धित पोष्ट गर्न सक्नेछन् । विजेता राष्ट्र, पहिलो रनर अप राष्ट्र र दोस्रो रनर अप राष्ट्र गरि तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् । विजेताहरुको घोषणा डिशहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL