Logo

मंगलमको ‘मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ’ अभियान सुरु, प्लम्बरलाई राहत

मंगलमको ‘मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ’ अभियान सुरु, प्लम्बरलाई राहत



काठमाडौं । मंगलम् इन्डष्ट्रिज प्रालिले प्लम्बरहरुका लागि सुरु मंगलम केयरअन्तर्गत ‘मंगलम केयर : पीसीआर जाँच, मंगलमको साथ’ अभियान सुरु गरेको छ ।

अभियान अन्तर्गत मंगलम् इन्डस्ट्रिज प्रालिले आफ्ना दर्तावाल प्लम्बरलाई असार मसान्तसम्म पीसीआर परीक्षणमा ५० प्रतिशत छुट र परीक्षण पोजिटिभ आएकोमा ५ हजार रूपैयाँ औषधि खर्च व्यहोर्ने जानकारी दिएकाे छ ।

सिपिभिसी पाइप्स र फिटिंग्स् उत्पादक तथा नेपालको पोलिमर पाइपिंग प्रणालीकाे उत्पादक र निर्यातकर्ता कम्पनी मंगलम इन्डस्ट्रिज प्राइभेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरिवाल भने, ‘मंगलम पाइप्सको लागि प्लम्बरहरू टेक्निसिएन मात्र नभएर हाम्रो परिवारका सदस्य पनि हुन् । उहाँहरू हाम्रो संस्थाको अभिन्न अंग भएकाले उहाँहरूको स्वास्थ्य र सुरक्षा हाम्रो प्राथमिकता र जिम्मवारी पनि हो ।’

कम्पनीकाे याे प्रयासले प्लम्बरहरूकाे पीसीआर जाँच गर्न र औषधि उपचार गर्न सहज हुने विश्वास गरेकाे उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL