Logo

एनआईसी एशिया लघुवित्तद्धारा ग्राहकलाई ब्याजमा छुट, कोरोनामा राहत

एनआईसी एशिया लघुवित्तद्धारा ग्राहकलाई ब्याजमा छुट, कोरोनामा राहत



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका ग्राहकहरुले ब्याजमा छुट छुट पाउने भएका छन् ।

कोरोना भाइरसको महामारीका कारण भएको बन्दाबन्दीको अवस्थाले मुलुकको उद्योग, कलकारखाना, व्यापार, व्यवसाय, पर्यटन लगायत वित्तीय क्षेत्रमा समेत गहिरो प्रभाव परिरहेको हुँदा आफ्ना ग्राहकलाई ब्याजमा छुट दिने घोषणा गरेको संस्थाले जनाएको छ ।

सेवाग्राहीलाई यस असहज परिस्थितिमा केहि मात्रामा भएपनि सहयोग गर्ने अभिप्रायले २०७८ बैशाख मसान्त भित्र भुक्तानी गर्नुपर्ने सम्पूर्ण बक्यौता रकम (साँवा र ब्याज) बैशाख २४ गते देखि ३१ गते सम्ममा बुझाउँदा सम्बन्धित ग्राहकलाई ब्याज रकममा १०% प्रतिशत छुट प्रदान गर्ने योजना बैशाख तेस्रो सातामा सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL