Logo

अमेरिकी नेटवर्क विस्तार गर्दै कतार एयरवेज, साप्ताहिक उडान संख्या पनि थप

अमेरिकी नेटवर्क विस्तार गर्दै कतार एयरवेज, साप्ताहिक उडान संख्या पनि थप



काठमाडौ । कतार एयरवेजले आगामी जुन १ देखि आफ्ना ४ साप्ताहिक एटलान्टा उडानहरू पुनः सुरुवात गर्ने भएको छ । जसले उक्त नेटवर्कमा हवाई गन्तव्य संख्या १२ पुग्नेछ ।​ कोभिड–१९ महामारी अघिको संख्या भन्दा यो दुई बढी भएको एयरवेजले जनाएको छ ।

एयरलाइन्सले बोस्टन, मियामी, न्यूूयोर्क, फिलेडेल्फिया, सानफ्रान्सिस्को र सिएटलमा सेवा बढाउँदै संयुक्त राज्य अमेरिकाभरी ८५ भन्दा बढी उडानका साथ यात्रुहरूको लागि अधिक सहज यात्रा विकल्पहरू प्रदान गर्दैछ ।

यस वृद्धि भएका सेवाहरूले केप टाउन, माल्दिभ्स, सिचेल्स र जान्जिबार, र अफ्रिका, एशिया र मध्यपूर्वमा अन्य प्रमुख लोकप्रिय स्थलहरूलाई पनि जोड्दै थप सुविधा प्रदान गर्ने एयरवेजले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL