Logo

सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने यस्तो छ तरिका

सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने यस्तो छ तरिका



काठमाडौं । भुक्तानी सेवा प्रदायक सेलकमले सेलपे सेवा अव वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तार गरेको छ । सेलपे सेवा अब बैंक खाताका साथै वालेटबाट पनि संचालन गर्न सकिने नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त पहिलो भुक्तानी सेवा प्रदायक हो ।

नेपाल राष्ट्र बैंकबाट वालेट अनुमति प्राप्त गरेसँगै अब सेलपेका ग्राहकहरुले बैंक लिंक मार्फत वा वालेट लोड गरि कारोबार गर्न सक्नेछन् । यसै उपलक्ष्यमा सेलपेले आफ्नो नयाँ यूआई पनि सार्वजनिक गरेको छ जसमा ग्राहकहरुलाई सेवा प्रयोग गर्दा अझ बढी सहज बनाउनका लागि विभिन्न प्रयोगहरु गरिएको छ । जसले गर्दा जो कोहि ग्राहकहरुले बिना झन्झट सरल रुपमा कारोबार गर्न सक्नेछन् साथै सेलपे कार्ट सेवा मार्फत सजिलै घरमै बसीबसी बिभिन्न सामानहरु खरिद गर्न सकिन्छ ।

यसै उपलक्ष्यमा सेलपे सेवाले ग्राहकहरुका लागि ‘मेरो वालेट सेलपे वालेट’ योजना सुरु गरेको छ । यस योजना अन्तर्गत सेलपेका ग्राहकहरुले मोवाइल टपअप र टीभी महशुल भुक्तानीमा ५ प्रतिशत क्यासब्याक इन्टरनेटको महशुलमा १.५ प्रतिशत क्यासब्याक, एनटी डाटा प्याकको १ घण्टा अल्टिमेटेड मात्र ११ मा, एनसेल डाटा प्याकको १ दिन अल्टिमेटेड मात्र २१ मा, साथै वालेट लोड गर्दा लक्की ड्रमार्फत सामसङ एस२१ अल्ट्रा जित्न सक्ने मौका पनि पाउन सकिने कम्पनीले जनाएको छ । यो योजना जेठ १३ गते देखि असार १२ सम्म लागु हुने पनि सेल पेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL