Logo

सुर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का, ४ वर्षे कार्यकालका लागि नियुक्त

सुर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवनकुमार खड्का, ४ वर्षे कार्यकालका लागि नियुक्त



काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पवनकुमार खड्का नियुक्त भएका छन् । बिहीबार बसेको कम्पनीको सञ्चालक समिति बैठकले आगामी ४ वर्षे कार्यकालका लागि उनलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यद्यपि, कम्पनी सञ्चालकको उक्त निर्णय बीमा कम्पनीहरुको नियमनकारी नियका बीमा समितिले स्वीकृत गरेपछि मात्रै लागु हुने छ ।

यसअघि हालसम्म खड्काले कम्पनीको निमित्त सीईओ पदमा रही जिम्मेवारी सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL