Logo

रिचार्जरले आज सुपथ मूल्यमा अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने, यसरी गर्न सकिन्छ खरिद

रिचार्जरले आज सुपथ मूल्यमा अक्सिमिटर र अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने, यसरी गर्न सकिन्छ खरिद



काठमाडौं । ई–कमर्श प्लेटफर्म रिचार्जले सुपथ मूल्यमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने जनाएको छ । कोरोना संक्रमितको चाप बढेका बेला देखिएको अक्सिजन अभावलाई पूरा गर्न मूल्यभन्दा सस्तोमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने जनाएको हो ।

घरायसी प्रयोजनका लागि रिचार्जरले ५ लिटर क्षमताको वाईयू–३०० अक्सिजन कन्सन्ट्रेटर ३९ हजार ९९९ रुपैँयामा उपलब्ध गराउने भएको जनाएको छ । रिचार्जरको मोबाइल एपमा जेठ १४ गते शुक्रबार दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म ५ घण्टा अवधिमा आउने बुकिङ तथा अर्डरमा मात्र उल्लेखित दरमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध हुने जनाएको छ । उक्त अवधिमा अस्पताल तथा घरायसी प्रयोजनका लागि जर्मन प्रविधिमा निर्मित ओगल्स ब्राण्डको ५ लिटर क्षमताको कन्सन्ट्रेटर ७५ हजार रुपैयाँ र १० लिटरको १ लाख ५० हजार रुपैयाँमा उपलब्ध गराइने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए ।

उक्त अवधिमा पल्स अक्सिमिटर ७ सय ९९ रुपैयाँमा उपलब्ध गराइने, चिनियाँ पीपीई सेट १ हजार ९९ रुपैयाँमा, जीएचसी डब्लुएचओ स्यानिटाइजर १०० मिलिलिटरको ९९ रुपैयाँमा र कोभिड प्रोटेक्टिभ उपकरण सस्तो मूल्यमा उपलब्ध गराइने रिचार्जरले जनाएको छ । रिप्लेसमेण्ट वारेण्टीसहित अक्सिमिटर उपलब्ध हुनुका साथै अस्पताल तथा व्यक्तिलाई सस्तो मूल्यमा अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने रिचार्जरले जनाएको छ ।

अर्डरका दौरान अग्रिम भुक्तानी गर्नेहरुलाई रिचार्जरले २ प्रतिशत नगद इन्स्टान्ट क्यास व्याक गर्नेछ । सेवाग्राहीले रिचार्जरमा उपलब्ध भुक्तानीका माध्यमबाट बुकिङ रकम भुक्तान गरे लगत्तै २ प्रतिशत रकम सेवाग्राहीको बैंक खातामा फिर्ता हुनेछ । एनआईसी एसिया बैंकका क्रेडिटकार्ड वाहकले १८ महिनाको किस्तामा सामान किन्न सक्ने व्यवस्था गरिएको छ । यसका लागि रिचार्जरबाट सामान खरिद गरेको बिल कार्डवाहकले बैंकलाई बुझाएपछि क्रेडिट कार्डबाट एकमुष्ठ भुक्तान गरिएको खरिद रकम बैंकले किस्ताबन्दीमा परिणत गरिदिने छ ।

अस्ताल तथा धरायसी प्रयोजन मात्र नभई बैंक वित्तीय संस्था, सरकारी तथा गैरसरकारी संस्था लगायत कार्यालयहरुलाई पनि उल्लेखित मूल्यमा कन्सन्ट्रेटर उपलब्ध गराइने ग्लाइडरले बताए । शुक्रबार १२ बजेदेखि ६ बजेसम्ममा आएका अर्डरको डेलिभरी २४ घण्टादेखि ३ सय ६५ घण्टा भित्रमा गरिने रिचार्जरले जनाएको छ ।

थोकमा कोभिडका सामान खरिद गर्न चाहनेले दरबारमार्गस्थित मर्काण्टाइल प्लाजामा रहेको ग्लोबल कि टोक्नोलोजीमा सम्पर्क गर्न सक्ने छन् ।

गूगल प्ले तथा एप्पलको एपस्टोरबाट रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सुचारु गर्दा १ हजार क्यास प्वाइन्ट पानेछ । मोबाइल रिचार्ज गर्दा शतप्रतिशत क्यास प्वाइन्ट पाउनेछ भने यसरी पाइने क्यास प्वाइन्टलाई सामान खरिद गर्दा छुटका रुपमा रिडिम गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL