Logo

एशियन थाई फुड्सद्वारा औद्योगिक कामदारलाई खाद्यान्न वितरण, २५ लाख मूल्यको खाद्यान्नलगायत सहयोग

एशियन थाई फुड्सद्वारा औद्योगिक कामदारलाई खाद्यान्न वितरण, २५ लाख मूल्यको खाद्यान्नलगायत सहयोग



काठमाडौं । नेपाल उद्योग परिसंघको समन्वयमा पूर्वको सुनसरी–मोरङ औद्योगिक क्षेत्र भित्रका औद्योगिक कामदारलाई एशियन थाई फुड्सले राहत सामाग्री उपलब्ध गराएको छ ।

एशियन थाई फुड्सले सुनसरीको दुहबी नगरपालिकालाई २५ लाख मूल्यका खाद्यान्न लगायतका सामान उपलब्ध गराएको हो । एशियन थाई फुड्सका निर्देशक राधेश्याम सारडाले कम्पनीले प्रति परिवार ४–५ दिनसम्म पुग्ने गरी चामल, दाल, तेल, नुन, चिउरा, बिस्कुट, मस्यौरा, मास्कलगायतका राहत सामाग्री वितरण गरेको बताए ।

राहत सामाग्री वितरण पछि कम्पनीका प्रबन्ध निर्देशक महेश जाजूले कोरोना महामारी नियन्त्रणका लागि भएको निषेधाज्ञाका कारण कतिपय कामदारहरु भोकै बस्नुपर्ने अवस्था आएकाले उनीहरुका लागि कम्पनीले सहयोग गरेको बताए । यस्तो परिस्थितीमा जनतालाई योगदान गर्न कम्पनी सदैव तयार रहेको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL